आधुनिक करेसा खेती: हाइड्रोपोनिक टावर खेती

नेपालमा शहरीकरण तीव्र गतिमा बढिरहेको छ र नगरपालिका संख्या पनि बढदै गएको छ। तीव्र शहरीकरणका कारण कृषि भूमिहरू, भवन र पूर्वाधारमा रूपान्तरण भइरहेका छन भन यसले गर्दा शहरी वातावरणमा पनि नकारात्मक असर पु¥याइरहेको छ । जसको फलस्वरुपः हरियाली, खुला स्थान, स्थानीय खाद्य उत्पादन र भूमिगत स्थानको कमी भईरहेको छ । जनसंख्याको वृद्धिसगै खेतीयोग्य उर्वराभुमीको सख्ंयामा धेरै नै कमी हुदै आईरहेको कुरा सर्ववृत्तित नै छ । जसको फलस्वरुपः बिषादी हालिएको अस्वस्थ तरकारी, सागसब्जी हामी दैनिक जीवनमा प्रयोग गर्न बाध्य भईरहेका छौ । हाल आएर विशेष गरी काठमाण्डौ उपत्यकामा बसोबास गर्ने जनमानसले ताजा र पोषणयुक्त तरकारीहरु उपयोग गर्न गाह्रो भएको छ । घना जनसख्ंयाको चापसगै आवासहरुको बृद्धिले गर्दा सानातिना करेसा खेतीहरुको पनि धेरै अभाव हुदै गएको अवस्था छ । सो कुरालाई आत्मसाथ गदै हामी समय सापेक्ष नँया प्रबिधिमा आधारित, छोटो समय र सानो प्रयासले पनि पोषणयुक्त तरकारी उत्पादन गर्न सकिने प्रबिधि आत्मसाथ गर्नु वर्तमान आवश्यकता हो । अहिलेको आधुनिक युगमा कृषि क्षेत्रमा पनि विभिन्न प्रविधिको सहायताले थरि थरिका तरकारी, फलफुल आफ्नै घरमा फलाउन सकिन्छ । यस्तै प्रविधिहरु मध्ये हाइड्रोपोनिक प्रविधि शहरी परिवेशको लागि राम्रो विकल्पको रुपमा आएको छ । बैज्ञानिकहरुले नबिन
प्रविधिको विकास गरे संगै घरभित्रै पनि आफुलाई चाहिने साग सब्जी उत्पादन गर्न सकिन्छ ।

हाइड्रोपोनिक खेती भनेको माटोको प्रयोग नगरी तरकारी र अन्य बोटबिरुवाहरूको खेती गर्ने एक विधि हो। जसमा बोटबिरुवाहरूलाई पौष्टिक तत्वहरूले भरिएको पानीमा उमारिन्छ र यस प्रविधिमा बोटहरूले आफूलाई आवश्यक पौष्टिक तत्वहरू पानीको माध्यमबाट लिन्छ ।। यो प्रविधि विशेष गरी शहरी परिवेश, जहाँ जमीनको अभाव छ, त्यहा अत्यन्तै उपयोगी र प्रभावकारी साबित भईरहेको छ । पानीको मात्र प्रयोग गरेर गरिने खेति Hydroponic अन्तर्गत पर्दछ भने यसलाई सहज र आधुनिकरण गरेर हाइड्रोपोनिक टावर खेतीको विकास गरेको छ । यो पछिल्लो समय बिश्वमा स्थापित प्रबिधि मध्य सबै भन्दा उपयोगी र सजिलो बिधि रहेको छ।

नेपालमा हाइड्रोपोनिक खेतीको प्रचलन दिन प्रतिदिन बढदै गएको छ,। यसका तल उल्लेखित विशेषताका कारण विशेषगरी शहरी क्षेत्रमा यसको लोकप्रियता अझ बढी देखिन्छ ।

  1. करेसाबारीको लागि जमिनको अभावः शहरी क्षेत्रमा खेतीयोग्य जमिनहरु सबै विशाल भवनहरुमा परिणत भई रहेको छ र ताजा तरकारीहरुको उपभोग गर्न कत्तिपयले आफना घरको छानामा माटो ओसारेर करेसाबारीको रुपमा तरकारी उत्पादन गरिरहेको देखिन्छ तर यसले आवश्यक तरकारीको प्रयाप्त उत्पादन गर्न सकेका छैन । यहि समस्यालाई समाधान गदै हाइड्रोपोनिक टावर खेतीले साधारण करेसाबारी भन्दा ८५ प्रतिशत कम जमिनमा सोहि अनुरुप उत्पादन गर्न सकिने गरी विकास गरिएको छ ।
  2. पानीको कमीः परम्परागत खेतीमा धेरै पानीको आवश्यकता पर्छ, तर हाइड्रोपोनिक टावर खेतीमा पानीको पुनः प्रयोग हुने भएकाले यसले ९० प्रतिशतसम्म पानीको बचत गर्न मद्दत पुर्याउँछ।
  3. समयको बचतः यस प्रविधि जडान गरेप्रश्चात हप्ताको एक पटक पानीको मात्रा चेकजाच गर्ने र महिनाको एक पटक पौष्टिक तत्व राख्ने भएकाले यस समयको धेरै बचत गर्दछ । अझ यस प्रविधिमा तष्mभच पनि जडान गरिने हुदा मोबाइलको प्रयोगले पानीको गति र समयलाई नियन्त्रित गर्न सकिन्छ ।
  4. उत्पादनको वृद्धिः हाइड्रोपोनिक प्रविधिमा बोटबिरुवाहरूलाई सिधा पोषण तत्वहरू दिइने भएकाले साधारण भन्दा तिन गुणा छिटो उत्पादन वृद्धि हुन्छ।
  5. बेमौसमी खेती: बन्द संरचना र तापक्रमलाई नियन्त्रित गरी हाइड्रोपोनिक खेतीका प्रयोगले बेमौसमी तरकारी र फलफूल सजिलै उत्पादन गर्न सकिन्छ ।
  6. स्थानको उपयोगः सानो स्थानमा पनि अधिक उत्पादन गर्न सकिने भएकाले सहरिया क्षेत्र र घरका छत, बालकनीजस्ता ठाउँहरूमा पनि खेती गर्न सकिन्छ।
  7. स्वास्थ्यकर उत्पादनः कम रासायनिक मल र कीटनाशकको प्रयोगले हाइड्रोपोनिक खेतीमा उत्पादन गरिएका तरकारी र फलफूल स्वास्थ्यकर र सुरक्षित हुन्छन।
  8. तुलनात्मक रुपमा कम खर्चः परम्परागत खेतीमा जमिनको तयारी, मलको लागि धेरै खर्च लाग्छ। हाइड्रोपोनिक खेतीमा सुरुमा केही खर्च भएतापनि यस प्रविधिमा आवश्यक सबैजसो पुनः प्रयोग गरिनेहुदा दिर्घकालिन रुपमा हेर्दा कम खर्च देखिन्छ ।
  9. जिवित सजावट: हामीहरु सबैले प्राय: सजावटको लागि निजीव फुलको प्रयोग गर्दछौ यस प्रविधिमा २२ को स्थानमा ३० वटा सम्म बोट राख्न सकिन्छ भने कतिपय ठाउमा घरको सोभा बढाउन सजावटको रुपमा घरभित्र र बाहिर यस प्रविधीमा आकषित भएको देखिन्छ ।

हाइड्रोपोनिक खेती नेपालका लागि एक आशाजनक प्रविधि हो, जसले कृषि क्षेत्रमा नयाँ आयाम थप्न सक्छ। यसले देशको कृषि उत्पादनमा गुणात्मक र मात्रात्मक सुधार ल्याउन सकिन्छ। पोषणयुक्त तथा ताजा तरकारी उपभोग गर्ने इच्छा भएपनि प्रयाप्त करेसा गर्ने स्थानको अभावको समस्या समाधान गर्नुका साथै माटो भन्दा तिनगुणा छिटो उत्पादन हुने, ९० प्रतिशत पानीको बचत हुने भएकाले।साथै, हाइड्रोपोनिक प्रणालीमा माटोमा भन्दा ७५ प्रतिशत रोगहरूको जोखिम कम हुन्छ, जसले गर्दा उत्पादनमा सुधार बृद्धि हुन्छ ।

Sonu Shakya – member
2024/25 District Environment Committee

About The Author

sidebar-cta-repairs
sidebar-cta-careplan
sidebar-cta-installations

Comments

More Posts You May Find Interesting